Fast Nepal News

विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

banner single news

पूर्वी नवलपरासी — ७ मंसिर २०७८

पूर्वी नवलपरासी, पूर्वी नवलपरासीबाट उद्योगपति एवं संघीय सांसद विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका छन् । निर्वाचन अधिकृत चुडामणि कँडेलका अनुसार मधेशी, अल्पसंख्यक समुदायको कोटाबाट चौधरी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । चौधरी निर्वाचन क्षेत्र नम्बर १ बाट सोमबार चुनिएका हुन् ।

क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५० जनाको उम्मेदवारी परेको छ । अल्पसंख्यक र मधेशी कोटामा भने चौधरी निर्विरोध चयन भएका हुन् । अन्य सबै पदमा मंगलबार निर्वाचन हुने छ । २०६४ मा एमालेबाट संघीय सांसद रहेका चौधरी २०७४ को निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेलगत्तलै समानुपातिकतर्फ सांसद बनेका थिए । 

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.