
सिन्धुपाल्चोक — ३ मंसिर २०७८
सिन्धुपाल्चोक , वर्षाले सडक भासिँदा अरनिको राजमार्गअन्तर्गत लामोसाँघु–बसेरी–टोप्का खण्ड ४ महिना अवरुद्ध बन्यो । ९ किलोमिटर लामो यो खण्ड ठप्प हुँदा स्थानीयलाई अत्यावश्यक कामका लागि आउजाउ गर्नुपर्दासमेत घण्टौं हिँड्नुबाहेकको विकल्प रहेन । यस्तो बाध्यता स्थानीयले जनप्रतिनिधिलाई सुनाए । बलेफी गाउँपालिका–८ ले २ लाख रुपैयाँ खर्चेर मर्मतसम्भार त गर्यो तर सडक सञ्चालन हुन सक्ने अवस्था बनेन । एम्बुलेन्स नै पुग्न नसक्ने अवस्था महिनौंसम्म रहँदा गाउँका गम्भीर, असक्त र प्रसूतिसम्बन्धी बिरामीलाई आपत नै पर्यो । यस्तो दूरवस्थाको साक्षी बनिरहन स्थानीय सुवास तिमल्सिनाको मनले मानेन । सडक बनाउन आफैं किन नलाग्ने सोच लिएर उनले रकम जुटाउन थाले । ऋणधन गरेर जम्मा गरे ४ लाख रुपैयाँ ।
( कान्तिपुर दैनिक )
