Fast Nepal News

रत्ननगर चितवनकोका मेयरलाई कोरोना संक्रमण

रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई पाँच दिनपछि कोरोना संक्रमण पुष्टि

banner single news

२ असोज, चितवन । भदौ २८ गते स्वाब दिएका चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई पाँच दिनपछि कोरोना संक्रमण पुष्टि भएको रिर्पोट आएको छ ।

नगर प्रमुख बनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिएका थिए । भरतपुर कोभिड ल्याबमा परीक्षणका लागि स्वाब दिए पनि परीक्षण भने चितवन मेडिकल कलेजको ल्याबमा गरिएको थियो । उनको स्वावस्थ्य अवस्था सामान्य छ । स्वाब दिने बेलामा केही लक्षण देखिएको भए पनि अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको मेयर बनले बताए ।

Inside Article Ads

उनी घरकै आइसोलेसनमा बसिरहेका छन् । मेयर बनले कोरोना महामारीविरुद्धका विभिन्न अभियानमा सहभागी भएको बेला आफूलाई संक्रमण भएको बताएका छन् ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.