
काँकडभिट्टा — १ मंसिर २०७८
काँकडभिट्टा , भारतको राजधानी दिल्लीमा घरेलु कामदारको रुपमा कार्यरत दुई नेपालीभाषी महिलाको हत्या भएको छ । सोमबार हत्या गरिएका महिलामा मिरिककी ३५ वर्षीया मिना राई र दार्जिलिङको मगरजोङकी ४० वर्षीया सुजला गुरुङ छन् । दिल्लीस्थित निजामुद्दिन थाना अन्तर्गत के ब्लक जङ्गिपुरा एक्सटेन्सनको एक घरमा उनीहरुको शव फेला परेको हो । उनीहरु त्यही घरमा कार्यरत थिए । उनीहरुको मुखमा टेप लगाइएको र हात–खुट्टा बाँधिएका कारण उनीहरुको हत्या भएको प्रहरीको दाबी छ ।
( कान्तिपुर दैनिक )
