Fast Nepal News

मुगुको गमगढीमा भीषण आगलागी, १७ घर जले

banner single news

गमगढी, मुगु — ३० कात्तिक २०७८

गमगढी, मुगु, जिल्लास्थित गमगढी बजारमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागीबाट १७ वटा घर जलेर पूर्णरुपमा खरानी भएको प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताए । सोही आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर खरानी बनेको उनको भनाई छ । राति १२ बजे ठिल्ले तामाङको घरबाट सल्किएको आगो ५ बजेसम्म ८० प्रतिशत नियन्त्रणमा आएको अझै आगो निभाउन नसकिएको भएको प्रहरी नायब उपरीक्षकको भनाई छ ।

आगो नियन्त्रण गर्न स्थानीय, जनपथ प्रहरी सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी रेडक्रसकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी गराए । गमगढी बजारमा पानीको अभाव भएको आगो नियन्त्रणमा खटाएका टोलीले पाइप, बाल्टी, जर्किनमार्फत पानी प्रयोग गरेको प्रहरीको भनाई छ । सोही आगलागीबाट क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.