Fast Nepal News

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सर्वोच्चको विवादबारे पनि छलफल हुने

banner single news

काठमाडौँ — २८ कात्तिक २०७८

काठमाडौँ , नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । करिब ३ महिना पश्चात् सत्तारुढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा महाधिवेशन तयारीबारे छलफल हुनेछ ।  प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्‍ने केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिए । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय समिति बैठकमा हुने छलफलका लागि महाधिवेशन तयारीका एजेन्डा तयार पारेको छ ।

बैठकले केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका अनुमोदन गर्ने छ । भातृ तथा विदेशस्थित जनसम्पर्क समितिबाट महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु र सरकार सञ्चालनको विषयमा समेत छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछन् । सर्वोच्च अदालतको विवादबारे पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.