
काठमाडौँ — २६ कात्तिक २०७८
काठमाडौँ , सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले चोर बाटोबाट अदालत छिर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसरी न्यायालय चलाउन सक्छन् भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘आज चोरबाटोबाट छिर्नुभयो, बारमा विचौलिया छिराउनुभयो त्यसको भत्सर्ना गर्छौं । आज चोरबाटोबाट छिर्नुभयो । आजै आफ्नो हिसाब मिलाउनुहोस्, छोड्नुहोस् । पछि चिच्याउने अवस्था पनि पाउनुहुन्न । न्यायको मन्दिर भत्कियो भने न्याय डगमगायो भने सत्ता पल्टाउने क्षमता कानुन व्यावसायीसँग छ ।’
( कान्तिपुर दैनिक )
