
काठमाडौँ — २२ कात्तिक २०७८
काठमाडौँ , आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती मैतीदेवीस्थित कविकुञ्ज संग्रहालयमा गरिनेछ । यसको घोषणा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गरेका हुन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्तीका अवसरमा प्रतिष्ठानद्वारा आयोजित ‘व्यक्तित्व चर्चा र रचनावाचन कार्यक्रम’ मा उनले संग्रहालय निर्माणको काम अघि बढेकाले आगामी वर्ष कार्यक्रम आयोजना सहज हुने बताए । उपकुलपति डा. जगमान गुरुङले महाकवि देवकोटा विशिष्ट साधक भएकाले उनका बारे विख्यात अध्यता राहुल सांस्कृतायनले समेत उच्च प्रशंसा गरेको भनाइ राखे ।
( कान्तिपुर दैनिक )
