३० भदौ, काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ ।लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्नेबसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइने छ ।