Fast Nepal News

संयुक्त राष्ट्रसंघ दिवस : शान्ति सेनाको गुणात्मक वृद्धिमा जोड दिइने

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा १९७४ देखि नेपाली सेनाको टोली जान थालेको हो । प्रहरीको टोली १९९२ र एपीएफको टोली २००२ देखि गएको हो

banner single news

कात्तिक, काठमाडौं । नेपाली शान्ति सैनिकको गुणात्मक वृद्धिमा जोड दिनुपर्नेमा जाेड दिदै संयुक्त राष्ट्रसंघ दिवस मनाइयाे । यस अवसरमा काभ्रेको पाँचखालमा आयोजित एक कार्यक्रमका वक्ताहरुले संख्यात्मकरुपमा नेपाली फौजले दोस्रो सबैभन्दा धेरै उपस्थिति जनाइसकेको अवस्थामा अब गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।

नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले भने, ‘संख्यात्मकरुपमा हाम्रो उपस्थिति बलियो भइरहेको छ, अब गुणात्मक विकासलाई पनि जोड दिनुपर्छ ।’ शान्ति सेनामा सहभागिता जनाएको ७६ वर्षमा नेपाल र संयुक्त राष्ट्र संघले पृथक सम्बन्ध बनाएको पनि उनले बताए ।

नेपाली शान्ति सैनिकले जस्तोसुकै चुनौतिलाई पनि स्वीकार गरेर देशको गौरव बढाएको उनले बताए । ‘कठिन क्षेत्रमा पनि निःस्वार्थरुपमा काम गरेर शान्ति सैनिकले यूएन मिसनमा नेपालको फरक उपस्थिति कायम गराएका छन्’ उनले भने ।

Inside Article Ads

केन्द्रका प्रमुख सहयाक रथी सुदर्शन सिलवालले हालसम्म १४ वटा मिसनमा १ लाख ३६ हजार नेपाली सैनिक सहभागी भइसकेको बताए । साथै, शान्ति स्थापना कार्यमा खटिने क्रममा ६८ जनाले ज्यान गुमाएको उनले बताए ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.