Fast Nepal News

मन्त्री हमालले बुझाए राजीनामा पत्र

banner single news

काठमाडौँ — २४ असोज २०७८

काठमाडौँ , विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन् । सचिवालय स्रोतले भन्यो, ‘उहाँले राजीनामा पत्र बुझाउनु भएको छ । ‘

मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका छन् । विवादमा आएपछि प्रधानमन्त्री शेरबहदुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए । हमाल शुक्रबार मात्रै आपूर्ति मन्त्रीमा नियुक्त भएका थिए । 

सम्बन्धित समाचार :

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.