Fast Nepal News

दाहसंस्कार गर्न लागिएको युवतीको शव प्रहरी नियन्त्रणमा

banner single news

वीरगन्ज — २२ असोज २०७८

वीरगन्ज , वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा एक भारतीय युवतीको दाहसंस्कार गर्दागर्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ । जबरजस्ती करणी गर्ने क्रममा अत्यधिक रक्तश्राव भई १४ वर्षीया किशोरीको मृत्यु भएको र घटना लुकाउन शवलाई गाड्न थालिएको सूचनाको आधारमा प्रहरीले बिहीबार साँझ युवतीको शव नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जनाए । भारत विहारको पश्चिमी चम्पारणस्थित इनर्वा निवासी ती किशोरी जगरनाथपुर गाउँपालिका निवासी आफ्नो भिनाजुको घर आएकी थिइन् । ‘जबरजस्ती करणी भई अत्यधिक रक्तस्राव भएपछि उपचारका क्रममा युवतीको मृत्यु भएको खबर आयो,’ एसपी पाण्डेले भने, ‘घटना लुकाउन शव गाड्न लाग्दा प्रहरी पुगेको थियो, किशोरी घाँटीमा समेत डाम देखिएको छ । रक्तस्रावको कारण थप अनुसन्धानबाट पुष्टि हुन्छ ।’

एसपी पाण्डेका अनुसार मृतक किशोरी जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँको कान्छा छोराका साली हुन् । ‘वीरगन्जको मुर्लीस्थित घरमा युवतीको शव राखिएको छ भन्ने सुरुवाति सूचना आएको थियो,’ एसपी पाण्डेले भने, ‘प्रहरी घरमा पुग्दा महिलाहरु मात्र थिए, त्यसपछि मुस्लिम समुदायको दाहसंस्कार गर्ने स्थलहरुमा प्रहरीले खोजबिन सुरु गरेको थियो ।’ खोजबिनकै क्रममा मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा युवतीको शव गाड्न थालिएको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिएको एसपी पाण्डेले बताए । अनुसन्धानका लागि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । युवतीका भिनाजु फरार रहेको प्रहरीले जनाएको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.