Fast Nepal News
Banner Below header

कांग्रेस गोरखाको सभापतिमा ,नन्दप्रसाद न्यौपाने

नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन्

banner single news

१४ औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनको सभापति पदमा न्यौपानेको मात्रै उम्मेदवारी
परेको थियो।

उनकाे उम्मेदवारी दर्ता गर्दा प्रस्तावकमा गोरखा नगरपालिकाका मेयरसमेत रहेका नेता राजनराज पन्त र समर्थक राजेन्द्र बजगाईं थिए।

Inside Article Ads

न्यौपाने गोरखाको आरूघाट गाउँपालिका वडा नम्बर २ मान्बुका हुन् । ४३ वर्षका न्यौपाने कांग्रेस केन्द्रीय सदस्य गगन थापानिकट हुन्। न्यौपाने यसअगाडि कांग्रेस गोरखाको सचिव थिए। उनी नेविसंघ गोरखा सभापतिमा दुई कार्यकाल रहेर पनि काम गरेका थिए।न्यौपानेलाई जिल्ला सभापति बनाउन गोरखाका ११ स्थानीय तहका पार्टी सभापतिहरूले हस्ताक्षर नै गरेका थिए।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.