Fast Nepal News

ईपीएल : लगातार दोस्रो जितसहित चितवन शीर्षमा

banner single news

काठमाडौँ — १४ असोज २०७८

काठमाडौँ , लगातार दोस्रो खेल जित्दै चितवन टाइगर्स बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । चितवनले काठमाडौं किंग्स ११ लाई ३ विकेटले पराजित गर्‍यो । चितवनले १ सय ४२ रनको लक्ष्य ८ बल अगाडि नै पूरा गर्‍यो । राजेश पुलामी मगर र कमलसिंह ऐरीले २८ बलमा ४७ रनको अविजित साझेदारी गरी चितवनलाई विजय दिलाएका हुन् । राजेश २९ बलमा २ छक्का प्रहार गर्दै २६ र कमल १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २३ रनमा अविजित रहे ।

ओपनर इशान पाण्डे ४, मोहम्मद साहजाद १७, करिम जन्नत २१, भीम सार्की २६, दीलिप नाथ २३, सेकुगे प्रसन्न ५ र कप्तान सोमपाल कामी शून्यमा आउट भएका थिए । काठमाडौं किंग्सका जितेन्द्र मुखिया र रायन बर्लले २–२ तथा कप्तान सन्दीप लामिछानेसहित जनक प्रकाश र गुलशन झाले १–१ विकेट लिए । चितवनको २ खेलबाट ४ अंक भएको छ । काठमाडौंले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो । यसअघि चितवनले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमाडौं किंग्सले निर्धारित २० ओभर खेलेर ८ विकेट गुमाई १ सय ४१ रन बनाएको थियो ।

( कान्तिपुर दैनिक )

 

Inside Article Ads

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौं किंग्सबाट ओपनर सुवास खकुरेलले ३४ बलमा सर्वाधिक ३५ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे । राजु रिजालले २० बलमा ३ चौका र २ छक्कासहित २८ र जनक प्रकाशले १६ बलमा १ चौका र २ छक्कासहित २६ रन बनाए ।

रहमनुल्लाह गुरबाज ५, अमित श्रेष्ठ ६, रायन बर्ल शुन्य, गुल्शन झा ४, अमरसिंह रौटेला ५ रनमा आउट भए । सिद्धान्त लोहनी ८ र कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । म्यान अफ द म्याच देव्रेहाते स्पिनर सागर ढकालले ४ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चे । अफगानिस्तानका बलर करिम जन्नतले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरी र सेकेगु प्रसन्नले १–१ विकेट लिए ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.