
११ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।
कतिपय यातायात व्यवसायीहरुले अनलाइनमार्फत् पनि टिकट बुकिङको व्यवस्था मिलाइएको जनाएका छन् ।
दशैंमा घर जान लागेका व्यक्तिहरु अाज बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्कमा लाइन वस्न पुगेका छन् ।
