Fast Nepal News

बसको दशैंको अग्रिम टिकट असोज ११ देखि बुकिङ खुल्ने

अनलाइन प्रविधिमाफत्ा् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको शुरुवात गरेका यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने

banner single news

असोज, काठमाडौं । यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ ।दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुल्ने भएको हाे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए अनुसार,(शुक्रवार) सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भएपछि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको हाे ।

उनका अनुसार,‘नेपालभर वर्षाको कारणले सडकहरु बिग्रिएका छन्, अहिले पनि दुई दिन जति गाडी आउन-जान समय लागिरहेको छ, नारायणगढदेखि सुनौलीसम्मको बाटो त अस्तव्यस्त नै छ, ग्रामीण सडकहरु बिग्रिएका छौँ,’

Inside Article Ads

उनले भने ,‘अधिकांश प्रदेशहरुले भाडा समायोजन गरेको छ, वागमती लगायत केही प्रदेशमा भाडा समायोजनको काम बाँकी छ, यो प हामी चाँडै टुंगो लगाउनुपर्छ भनेर यातायात व्यवस्था विभागमार्फत् भनेका छौँ,’

राजधानीका १४ स्थानमा नागरिक सहायता कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्न छलफल भएको जानकारी दिए ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.