Fast Nepal News

रोमन र रिया बने ‘मिस्टर एण्ड मिस ग्ल्यामर’

banner single news

काठमाडौँ — आश्विन ५, २०७८।

डेस्टिनी ईभेन्ट मेनेजमेन्टद्वारा आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस ग्ल्यामर’ को विजेता रोमन परियार र रिया नापित भएका छन। विजेताद्वयले ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधिसहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन।

राजधानीमा सम्पन्न भएको उक्त सौन्दर्य प्रतियोगितामा गौरव बिश्वकर्मा र प्रियंका शाही फष्ट रनरअप भए भने प्रतियोगितामा राहुल गरु र प्रसंसा ढुङ्गेलले सेकेन्ड रनरअपको उपाधी हात पारे।

त्यसैगरी प्रतियोगिताको ब्रान्ड एम्बासडर अनिता तामाङ, पपुलर चोईस सुरक्षा भट्टराई, मस्ट पपुलर कौशला कट्वाल, अर्गनाईजर चोईस सम्झना दनुवार घोषित भए।

 

Inside Article Ads

सुवास प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको निर्णायक मण्डलमा नवराज देउवा, संजय श्रेष्ठ र पुजा ठाकुर रहेको ईभेन्ट व्यवस्थापक रशिला गरुले बताईन।

करिब २५ दिनको प्रशिक्षण अविधिमा आन्तरिक प्रशिक्षणको क्रममा अफिसियल कोरियोग्राफर विशाल पासवान र ईभेन्ट कोरियोग्राफर रेनुका चौधरीले व्यक्तित्व विकास साथै ‘स्टेज पर्फमेन्स’का तयारी कक्षाहरुमा प्रशिक्षण प्रदान गरेका थिए।

यस्ता प्रतियोगितात्मक कार्यक्रमले युवायुवतीको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने भएकाले अझै व्यवस्थित रुपमा अन्य सौन्दर्य प्रतियोगिताहरु समेत आयोजना गर्दै अघि बढ्न हौसला मिलेको संस्थाका सिईओ राजन पटेलले बताए।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.