
काठमाडौं । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको सरकारले नेपाली कांग्रेससम्वद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष निरौलाको नेतृत्वमा नयाँ आयोग बनाएको छ , सरकारले केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय भूमि आयोग गठन गरेको हाे ।
‘दलित भूमिहीन, र भूमिहीन र अव्यवस्थित बसोवासीहरुको गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ,’ निरौलाले भने, ‘सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरु थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिवद्ध छौं ।’
आयोगका नवनियुक्त अध्यक्ष निरौलाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरुलाई हटाउन प्रयत्न गर्ने बताएका छन् ।
