Fast Nepal News

आज देशै भर बाल दिवस मनाईदै

आफ्ना सबै बालबालिका लाई हरेक आमाबाबु ले मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ

banner single news

डायमण्ड जोशी।
२९ भदौ, काठमाण्डौ
। बालअधिकारको कार्यान्वयन र बालबालिका को इच्छा, विवाह होईन शिक्षा भन्ने मूल नाराका साथ नेपालमा हरेक वर्ष राष्ट्रिय बाल दिवस मनाईने गरिन्छ, त्यसरि नै आज पनि भव्य र सभ्य का साथ बाल दिवस मनाईदै छ।

दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गर्ने छन , भने विद्यालयहरुले पनि विद्यार्थीलाई कोरोना कहर आ कारण भर्चुअल माध्यम बाट सहभागी गराएर कार्यक्रमको आयोजना गर्नेछन्। वि.सं २०२१ भाद्र ४ गते बाट नेपाल मा राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो। उतिबेला नेपाल मा भाद्र ४ गते राष्ट्रिय बाल दिवस मनाईन्थ्यो। तत्कालीन महारानी रत्नराज्यलक्ष्मीदेवि भारत भ्रमण का लागि निस्केकी थिईन। त्यहा उनले माहात्मा गान्धी को जन्मदिवसको अवसरमा बालदिवस मनाउने चलन देखेपछी, त्यहा त्यो दिन थुप्रै सामाजिक साँस्कृतिक काम हरु पनि भएको देखिन। त्यसपछि महारानी ले आफ्नो जन्मदिवसको अवसर मा भाद्र ४ गते बाल दिवस मनाउने चलन नेपाल मा शंखनाद गराएकी थिईन।, यसरी भाद्र ४ गते पारेर नेपाल ले ४२ वटा बाल दिवस मनाएको थियो। अन्ततः २०६३ देखि मुलुक गणतान्त्रिक पथमा लम्किदै गर्दा नेपाल ले भाद्र २९ लाई बालदिवसको रुप मा स्थापित गरेको हो।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

मुलत: आफ्ना सबै बालबालिका लाई हरेक आमाबाबु ले मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, वाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा वसेर अफिस जाने मान्छे विचमा सम्पतीको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनिहरुलाई सिकाउन पर्दछ । कारमा बसेर शपिङ्ग मल होईन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।

Inside Article Ads

निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालीकाका जादुई आँखाहरु अनि ति भित्र रहेका सामान्य सपनाहरुका अगाडि त शायद प्रकृतीले हामी मानिसलाई पनि यहि रुपमा रहिरहनका लागी बनाएका हुन कि जस्तो पनि लाग्छ । भदौ २९ गते हरेक वर्ष नेपालले यीनै बालबालिका र तिनको सुरक्षा अनि संरक्षणकालागी वाल दिवस मनाउने गर्दछ ।

बालपनको यादहरु हामीहरुसबैसग ताजा छ, हामीमध्य धेरैलाई आफू धेरै छिटो बुढो या वयस्क भएजस्तो भान हुन्छ पनि, किनभने बालापन छ नै यति मिठो कि अहिले खाने चकलेटको स्वाद भन्दा एकपल बालपनको संझना गर्दा मनमा आउने मिठास धेरैगुणा गुलियो हुन्छ । श्रृष्टिका कोपिलाहरु हुन बालबालिका, अनि यि कोपिलाहरुलाई फक्रन सक्ने सहज वातावरण दिन सकिएन भने भविष्यमा मानवपुष्पको अस्तित्वको मिठासमा प्रश्नचिह्न उठ्न सक्छ तसर्थ बालबालिकाहरुलाई ज्ञान, सिप, धारणाको सकारात्मक र आशावादी विचारहरुको विचारोपण गर्न जरुरी छ । छाला चाउरीपरेका बुढाबुढीहरु देखि भर्खरै जुगाको रेखी पलाउदैगरेका किशोरसम्म, ठूलाठूला दार्शनिक देखि गणितज्ञसम्म सबैजनाहरुलाई बालापन प्रिय छ । आधारभुत मौलिक ज्ञानहरु, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभुत अक्षराम्भ लगायतका शिक्षाहरुले गर्दा बालापन सदासर्वदा याद रहने कुरा हो ।

आजको दिन गत वर्ष झैं एउटा अर्को नयाँ बाल दिवस मनाइदै गर्दा बुवा-आमाले पनि आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ, जीवन एकदमै ब्यस्त हुँदैगएको छ तथापि के वहाँहरुले आफ्ना छोराछोरीकालागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैन? के तपाई-हाम्रा बालबालिका सहि दिशातर्फ उन्मुख भइरहेका छन या छैनन यदि छैनन भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पूर्याउन जरुरी छ । यहाँ न त श्रवण कुमार माटोबाट आएका हुन न त आतकंवादीहरु आकाशबाट झरेका हुन, हाम्रा बालबालिका असल हुन, असल सोचुन, असल बोलुन् र असल देखुन्, सबैलाई शुभकामना ।

Visited 61 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.