
काठमाडौँ — प्रतिस्थापन बजेट विधेयकले नेपाल वायुसेवा निगमलगायत निरन्तर घाटामा सञ्चालित संस्थानहरूको संस्थागत र व्यवस्थापकीय सुधारबारे पुनः बोलेको छ । पूर्ववर्ती सरकारले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमा झैं निगमको नामै भने किटान गरिएको छैन । तर, घाटामा गएका संस्थानहरूको संरचना सुधार्नुपर्ने भएमा सुधार्ने वा खारेज नै गर्नुपर्ने भएमा गर्न सकिने भनिएको छ । ‘निरन्तर घाटामा गएका सार्वजनिक संस्थानहरूलाई संरचनागत र व्यवस्थापकीय सुधार गरी सञ्चालन गर्ने, खारेज गर्ने वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन गर्ने नीति लिइनेछ,’ प्रतिस्थापन विधेयकको ५२ नम्बर बुँदामा भनिएको छ ।
( कान्तिपुर दैनिक )
