
पर्सा — २५ भाद्र २०७८
पर्सा , ६ वर्षअघि वीरगन्जका विभिन्न सडकमा जडान गरिएका अधिकांश सोलार बत्ती असफल भइसक्दा पनि फेरि यहाँको सडकमा सोलार बत्ती जडान गरिएको छ । एसियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गतका हालै निर्माण सम्पन्न भएका सडकमा नयाँ सोलार बत्ती जडान गरिएका हुन् । घण्टाघर–बसपार्क लिंक रोड, बाइपास सडकका डिभाइडरमा ठूलो परिमाणमा सोलार बत्ती जडान गरिएको हो । विगतमा महानगरको विभिन्न वडामा गरी करिब ८ सय थान सडक सोलार बत्ती जडान गरिएकोमा ती सडक बत्ती दुई वर्ष पनि टिक्न सकेनन् ।
( कान्तिपुर दैनिक )
