Fast Nepal News

ब्रिक्स सम्मेलन आज, अफगानिस्तान मुद्दामा चर्चाको सम्भावना

banner single news

काठमाडौँ — २४ भाद्र २०७८

काठमाडौँ , विश्वका ५ उदाउँदा शक्तिराष्ट्रको समूह ‘ब्रिक्स’ को १३औं शिखर सम्मेलनले बिहीबार आयोजना हुँदैछ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार सम्मेलनको अध्यक्षता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । भर्चुअल रूपमा आयोजित हुने सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा र ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो सहभागी हुनेछन् । ‘ब्रिक्स’ लाई विश्वकै ५ उदाँउदो अर्थव्यवस्था भएका मुलुलकको समूह मानिन्छ । भारतीय प्रधानमन्त्री मोदीले दोस्रो पटक ब्रिक्स सम्मेलनको अध्यक्षता गरेका हुन् । यसअघि सन् २०१६ मा गोवामा आयोजित सम्मेलनमा उनले अध्यक्षता गरेका थिए । उक्त सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएक थिए ।

सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई सम्मेलनमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको थियो । उक्त सम्मेलनमा दाहालले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीसँग गरेको त्रिपक्षीय वार्ताको निकै चर्चा भएको थियो । ब्रिक्स स्थापना भएको १५ वर्ष पुगेको छ । यस वर्ष सम्मेलनको विषय ‘ब्रिक्स एट फिप्टिन : इन्ट्रा–ब्रिक्स कोअपरेसन फर कन्टिनुइटी, कन्सोलिडेसन एन्ड कन्सेन्सस’ तय गरिएको छ । उस पटक बहुपक्षीय प्रणालीमा सुधार, आतंकवादविरुद्धको लडाइँ, विकासको लक्ष्य प्राप्तिका लागि डिजिटल र प्रविधिको उपयोग र अन्तरदेशीय सम्पर्क बढाउने कुरामा छलफल हुने बताइएको छ । त्यस्तै कोरोना महामारी, अन्य वैश्विक र क्षेत्रीय मुद्दामा पनि चर्चा हुने सम्भावना रहेको छ । यस बैठकमा अफगानिस्तानको पछिल्लो घटनाक्रमका बारेमा पनि चर्चा हुने सम्भावना रहेको छ ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.