Fast Nepal News

काठमाडौं उपत्यकामा दैनिक २ हजार बढी सवारी प्रवेश

banner single news

काठमाडौं, भदौ २६ – काठमाडौं उपत्यका छिर्ने पूर्वी नाका साँगाबाट सहज रूपमा सवारी साधन उपत्यका प्रवेश गर्ने गरेका छन्। दैनिक विभिन्न बहानामा दुई हजारभन्दा बढी सानाठूला सवारी उपत्यका छिर्ने गरेको पाइएको छ। त्यस्तै बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म टिप्परहरू बिनारोकटोक चल्ने गरेको स्थानीयवासीको गुनासो छ।

धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा टिप्पर दिउँसै चलाउन दिइएको स्थानीय बताउँछन्। दैनिक नौ सयभन्दा बढी टिप्पर उपत्यका छिर्ने गरेको जिल्ला ट्राफिक कार्यालय काभ्रेले जनाएको छ। दिउँसो सानाठूला सवारीहरू एक हजारभन्दा धेरै उपत्यका छिर्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। दिउँसो कुनै पनि सवारी नाकाबाट फर्किनु नपरेको र टिप्पर आतंक भएर बाटो हिँड्नसमेत कठिनाइ भएको स्थानीय किरण केसीले बताए।

दैनिक दुई हजारभन्दा धेरै सवारी उपत्यका छिर्ने गरेको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उपत्यकाका तीन जिल्लाका सीडीओहरूको अनुमतिमा टिप्पर बेलुका ९ बजेदेखि उपत्यका छिर्ने गरेको प्रहरी निरीक्षक तामाङले बताए। काभ्रेबाट बेलुकाको समयमा टिप्पर चल्ने भएकाले एम्बुलेन्ससमेत छिर्न कठिन देखिन्छ।

Inside Article Ads

एम्बुलेन्स चालकले भने टिप्पर चलेकै कारण बेलुका पनौतीबाट काठमाडौं पुग्नुपर्ने एम्बुलेन्सलाई दुई घण्टा लाग्ने गरेको बताएका छन्। अरू समयमा हो भने पनौतीबाट काठमाडौं बिरामी लिएर जाँदा ४५ मिनेटमा पुगिन्थ्यो, अहिले कठिन छ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले उपत्यकामा खुकुलो भएको तर साँगा नाकाबाट छिर्ने सवारीहरूमा पहिलाको जस्तै कडाइ रहेको जानकारी दिए।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.