Fast Nepal News

संसद् अधिवेशनबारे छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु

banner single news

काठमाडौँ — २३ भाद्र २०७८

काठमाडौँ, संसद् अधिवेशनको विषयमा छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा थालिएको बैठकमा अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्‌मा एमालेले खेल्ने भूमिकाबारे जानकारी गराउने प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति असन्तुष्टि जनाउँदै आएको छ ।

पार्टी निर्णयअनुसार माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारबाही नगरेको भन्दै एमालेले सभामुख सापकोटाको भूमिका निष्पक्ष नभएको टिप्पणी यसअघि नै गरेको थियो । यो विषयलाई लिएर एमालेले संसद्‌मा कडा रूपमा प्रस्तुत हुने संकेत यसअघि नै दिइसकेको छ । दिउँसो चार बजे संसद्को अधिवेशन सुरु हुँदै छ ।    

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.