Fast Nepal News

बनेपाको पुलबजार क्षेत्र डुबानमा, यातायात अवरुद्ध

banner single news

काभ्रे — २१ भाद्र २०७८

काभ्रे , आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ ।  डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तल्ला डुबेका छन् ।

केही साना सवारीसाधन समेत डुबेको प्रहरीले जनाएको छ । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Inside Article Ads
   ( कान्तिपुर दैनिक )
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.