Fast Nepal News

विश्वकप छनोट : इंल्यान्डको लगातार चौथो जित, स्पेन पराजित

banner single news

पेरिस —  १८ भाद्र २०७८

पेरिस, विश्वकप-२०२० को युरोपेली छनोटमा इंग्ल्यान्डले हंगेरीलाई बिहीबार ४–० ले हराएर शतप्रतिशत प्रदर्शन कायम राखेको छ । छनोटका चार खेलमा इंग्ल्यान्डको यो लगातार चौथो जित हो । इंग्ल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना बलियो भएको छ ।

अर्को खेलमा स्पेन भने स्विडेनको हातबाट २–१ ले पराजित रह्यो । विश्वकप छनोटमा स्पेन पराजित भएको यो सन् १९९३ यता पहिलो पल्ट हो र यससँग छनोटको स्पेनको ६६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । छनोटका अन्य प्रमुख खेलमा इटाली र बुल्गेरियाले १–१ को बराबरी खेले भने बेल्जियमले स्टोनियालाई सजिलै ५–२ ले पराजित गर्‍यो ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.