Fast Nepal News

जापानी प्रधानमन्त्री सुगाले राजीनामा दिँदै

banner single news

टोकियो —  १८ भाद्र २०७८

जापानका प्रधानमन्त्री योसिहिदे सुगाले यसै महिना राजीनामा दिने भएका छन् । त्यस्तै उनी सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी)को अध्यक्षका लागि पनि प्रतिस्पर्धा नगर्ने भएका छन् । सुगाले गत् सेप्टेम्बरमा सिन्जो आबले स्वास्थ्यका कारण राजीनामा दिएपछि जापानको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तर कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै उनको आलोचना भइरहेको छ ।

जापानमा यही नोभेम्बरमा संसदीय चुनाव हुँदैछ । जापानको संवैधानिक व्यवस्थाबमोजिम यही नोभेम्बर २८ वा त्यसभन्दा अघि चुनाव गर्नुपर्नेछ ।शुक्रबार पार्टीको कार्यकारी समितिको बैठकमा सुगाले कोरोना भाइरस नियन्त्रणमा ध्यान केन्द्रित गर्न चाहेको र नेतृत्वमा प्रतिस्पर्धा नगर्ने बताएको एलडीपीका महासचिव तोसिहिरो निकाईले बताए । एलडीपीमा अध्यक्षका लागि सेप्टेम्बर ३० मा चुनाव हुँदैछ । अध्यक्षका लागि आन्तरिक मामिलामन्त्री सानाई ताकैचीले नेतृत्वमा प्रतिस्पर्धा गर्ने संकेत गरेकी थिइन् ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

 

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.