Fast Nepal News

पहिरोले लमजुङको बोहोरा बेँसी गाउँका ५ घर उच्च जोखिममा

banner single news

काठमाडौं, भदौ २५ – बेँसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका–२ बोहोरा बेँसी गाउँका पाँच घर पहिरोको उच्च जोखिममा छन् ।

घर तल गत साउन महिनाको पहिलो सातादेखि जान थालेको पहिरो गएको थियो । फेरि बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान थालेपछि ती घर उच्च जोखिममा परेको वडाध्यक्ष गणेश कँडेलले बताए ।

Inside Article Ads

उनका अनुसार रामजी बोहोरा, सुरेन्द्र बोहोरा, बाबुराम बोहोरा, बिबी बोहोरा र बुद्धि बोहोराका घर उच्च जोखिममा छन् । घर तल पहिरो गएको र बेलाबेला वर्षा हुँदासमेत अलिअलि पहिरो जाने गरेको वडाध्यक्ष कँडेलको भनाइ छ ।
घर वरिपरि एकएक मिटरको जमिन चर्किएको र ठूलो वर्षासँगै घर नजिकै गइरहेको पहिराले घर नै तान्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.