Fast Nepal News

मौलिक खान्दोके सेलो मार्फत पर्यटन प्रवर्द्धन गर्दै आस्मान लोप्चन

banner single news

काठमाडौँ — भाद्र १७, २०७८।

सिन्धुपाल्चोके खान्दोके सेलो एकपछि अर्को गर्दै ल्याईरहेका लोकप्रिय गायक आस्मान लोप्चनको नयाँ कोसेली “आगो त बाल्ने सलाईको” भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियोमा लोप्चनले खान्दोके सेलो संगै आन्तरिक पर्यटनलाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले दृश्यहरु कैद गरेका छन् । जुन भिडियोको उत्कृष्ट पाटो मान्न सकिन्छ ।

गायक लोप्चनले यो नयाँ खान्दोके सेलोको भिडियोले मौलिक भाका, गीत संगीतको जगेर्ना गर्दै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे मान्द्रामा पर्ने स्थानिय पर्यटकिय स्थानहरुलाई पनि चिनाउने कोशिस गरेको बताउनुहुन्छ । बिशेष गरि भिडियोमा बयौलि कुण्ड, गुम्बा र मान्द्रा गाउँलाई भिडियोमा प्राथमिकता दिएका छन ।

Inside Article Ads

“आगो त बाल्ने सलाईको” राम लामाको निर्माणमा तयार भएको भिडियो क्लिक नेपाल युट्युब बाट बजारमा ल्याएको होे । आस्मान लोप्चनको लय तथा शब्द संकलन र जोगलाल लामाको संगीत संयोजनमा बनेको गीतमा आस्मान लोप्चन र माया स्याङ्बोको स्वर रहेको छ । गीतको ध्वनि सम्पादन दिपेश प्रधानले गरेको हो ।

भिडियोमा आस्मान, पार्वति तामाङ, राम लामा र माया स्याङ्बोलाई देख्न सकिन्छ । बज्र ङ्येसुरले छायांकन, सुरेन्द्र ठकुरीले ऋङ्गार गरेको भिडियोको निर्देशन र सम्पादन पनि आस्मान लोप्चनले नै गरेका हुन ।

भिडियो—

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.