Fast Nepal News

पदकधारी बक्सरलाई स्वागत

banner single news

काठमाडौँ — १६ भाद्र २०७८

काठमाडौँ , एएसबीसी युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपका पदक विजेता तीन खेलाडीसहित नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ । नेपालबाट ६ खेलाडीसहित ११ जनाको टोली यूएई पुगेको थियो । त्यसमा केही खेलाडी यसअघि नै फर्केका थिए । मंगलबार कांस्य पदक विजेता छिरिङ वाङदी शेर्पा, स्वस्तिका तिरुवा र नारिका राईसहित प्रशिक्षक दीपक महर्जन फर्किए । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेसहित पदाधिकारीले स्वागत गरे । 

१२ दिनसम्म चलेको प्रतियोगितााम पुरुष जुनियर ५४ केजीमुनि तौलसमूहमा छिरिङले क्वाटरफाइनलमा कुवेती खेलाडीलाई ५–० ले हराएर कांस्य निश्चित गरेका थिए । उनी सेमिफाइनलमा ताजकिस्तानका खेलाडीसँग पराजित रहे । युथ च्याम्पियनसिपमा अझै राम्रो प्रदर्शनका लागि तयारी गर्ने उनले बताए ।दुई महिला खेलाडीले भने बाई पाएर सेमिफाइनल पुग्दै कांस्यको हकदार भएका हुन् । जुनियरतर्फ ५२ केजीमुनि तौलमा स्वस्तिका र युथतर्फ ५७ केजीमुनि तौलमा नारिका सेमिफाइनलमा पराजित रहे । कांस्य विजेताले जनही १ हजार डलर पुरस्कार पाएका थिए । बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी पहिलो चरणबाटै बाहिरिएका थिए ।   

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.