Fast Nepal News

हालेप यूएस ओपनको दोस्रो चरणमा

banner single news

न्युयोर्क — १५ भाद्र २०७८

न्युयोर्क, पूर्व विश्व नम्बर १ खेलाडी सिमोना हालेप सोमबार यूएस ओपनको दोस्रो चरण पुगेकी छन् । चोटबाट मुक्त भएर फेरि ग्रान्ड स्लाम टेनिसमा फर्केकी हालेपले क्यामिला जोजीलाई सिधा सेटमा पराजित गरिन् ।

चोटका कारण यसअघिका फ्रेन्च ओपन र विम्बल्डन गुमाएकी हालेप इटालीकी प्रतिद्वन्द्वीमाथि ६–४ र ७–६ ले विजयी रहिन् । स्पेनकी नवौं वरीयताकी ग्याब्रिन मुगुरुजा पनि दोस्रो चरण पुगेकी छन् ।दुईपल्टकी ग्रान्ड स्लाम विजेता मुगुरुजाले डोना भेकिचलाई संघर्षपूर्ण खेलमा ७–६ र ७–६ ले हराइन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.