
काठमाडौँ — १४ भाद्र २०७८
काठमाडौँ, तालिबानका शीर्ष नेता मुल्ला हिब्तुल्लाह केही दिनमा सार्वजनिक हुने भएका छन् । बीबीसीको पश्तो सेवासँगको कुराकानीमा तालिबान स्रोतले शीर्ष नेता हिब्तुल्लाह अखुनजादा कन्दहारमा रहेको र केही छिट्टै सार्वजनिक हुने जानकारी दिएको हो ।उनी एक धार्मिक नेताका रुपमा चिनिन्छन् । उनी सन् २०१६ मा अफगानी तालिबानको प्रमुख बनेका थिए । तालिबानले अफगानिस्तानको सत्ता हत्याउन सफल हुनुमा उनको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ । सन् १९८० को दशकमा अफगानिस्तानमा रुसी सेनाको विरोध गर्नेमध्ये उनी एक थिए । उनको छवि एक सैन्य कमान्डरका रुपमा भन्दा पनि धार्मिक नेताका रुपमा रहेको बीबीसीले जनाएको छ ।
