Fast Nepal News

पहिरोले बुटवलमा ७ घर पुरिए

banner single news

बुटवल — १४ भाद्र २०७८

बुटवल, अविरल वर्षासँगै बुटवलमा सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

बुटवलमा अहिले पनि वर्षा भइरहेको छ । चुरेबाट लेदो बग्ने क्रम अहिले पनि जारी छ । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको छ । पहिरोको क्षति बढ्न सक्ने भन्दै सुरक्षाकर्मी र स्थानीय युवा क्लब पीडितको उद्धारमा जुटेका छन् । विस्थापितलाई आफन्त एवं कसैलाई बुटवल बहुमुखी क्याम्पसमा आश्रयका लागि राखिएको छ ।बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिंगो बुटवल नै प्रभावित हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.