
रुकुम पूर्व — ११ भाद्र २०७८
रुकुम पूर्व , रुकुम पूर्वको एउटै खोलामा तीन विद्युत् आयोजना बन्दै छन् । एउटा विद्युत् आयोजना यसअघि नै निर्माण भएको छ भने दुईवटा निर्माणका क्रममा छन् । भूमे गाउँपालिकाको रुकुमगाडबाट ६ मेगावाट उत्पादन क्षमताका दुई आयोजना बन्दै छन् ।रुकुमगाड मिसिने लुकुमखोलाबाट एउटा आयोजना निर्माण सम्पन्न भएर बिजुली उत्पादन भइरहेको छ । भूमे गाउँपालिका–६ स्थित लुकुमखोला (सिसाघारी) साना जलविद्युत् आयोजना २०७५ कात्तिकमा निर्माण सम्पन्न भएको थियो । १ सय ३५ किलोवाट विद्युत् उत्पादन गरिरहेको उक्त आयोजनाले भूमे गाउँपालिकाका महत, सीमा, सिसाघारी, मोराबाङलगायत गाउँ झलमल्ल छन् ।
यसको सिरानमा अर्को विद्युत् आयोजना निर्माणको तयारी भइरहेको छ, थबाङखोला जलविद्युत् आयोजना । १ मेगावाट विद्युत् उत्पादन हुने गरी भूमे गाउँको अग्रसरतामा यो आयोजना बन्ने अन्तिम तयारीमा छ । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।
( कान्तिपुर दैनिक )
