
पेरिस — ११ भाद्र २०७८
पेरिस , युरोपेली च्याम्पियन्स लिगको बिहीबार समूहचरणको ड्र सार्वजनिक गरिएको छ । त्यसअनुसार डिफेन्डिङ च्याम्पियन चेल्सी समूह एचमा परेको छ । त्यसमा युभेन्टस, जेनिट र माल्मो रहेका छन् ।उपविजेता म्यानचेस्टर सिटी भने समूह एमा छ । उक्त समूहमा पीएसजी, आरबी लाइपजिग र क्लब ब्रुग छन् । समूह ‘बी’ सबैभन्दा कठिन रहेको छ । त्यसमा एट्लेटिको म्याड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान परेका छन् ।
