Fast Nepal News

भारतद्वारा अक्सिजन प्लान्ट सहयोग

banner single news

काठमाडौँ — ११ भाद्र २०७८

काठमाडौँ, भारतले नेपाललाई मेडिकल अक्सिजन प्लान्ट सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।कोरोना महामारीविरुद्धको लडाइँमा नेपालसँग हातेमालो गर्न भन्दै अक्सिजन प्लान्ट सहयोग गरिएको भारतीय राजदूत क्वात्राले बताए । उक्त अक्सिजन प्लान्टको हस्तान्तरण कोरोना महामारीको सामना गर्न भारतले नेपाललाई गर्दै आएको निरन्तर साथ र सहयोगको प्रतीकका रूपमा रहेको उनको भनाइ थियो ।

यो अक्सिजन प्लान्टले ९६० एलपीएम (लिटर प्रतिमिनेट) अक्सिजन उत्पादन गर्न सक्छ । ‘उत्पादित अक्सिजन प्रतिव्यक्ति ५ एलपीएमका दरले आपूर्ति गर्दा पनि यसबाट एकसाथ २ सय जना बिरामीलाई सेवा प्रदान गर्न सकिन्छ,’ उनले भने ।राज्यमन्त्री श्रेष्ठले उपहारस्वरूप प्रदान गरिएको अत्यन्तै आवश्यक स्वास्थ्य पूर्वाधारका रूपमा रहेको यस अक्सिजन प्लान्टको मद्दतले नेपाललाई कोरोना महामारीविरुद्घको लडाइँमा थप बल पुग्ने बताए ।उक्त अक्सिजन प्लान्ट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतले कोरोना महामारी सुरु भएदेखि नै नेपाललाई विभिन्न स्वास्थ्य सामग्री तथा खोप सहयोग गर्दै आएको छ ।  

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.