
पूर्वी नवलपरासी — ११ भाद्र २०७८
पूर्वी नवलपरासी, बाढीले महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सी जंगलमा बनाइएको डाइभर्सन बगाउँदा बिहीबार रातिदेखि यातायात अवरुद्ध भएको छ ।इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार थुम्सीको २३ स्मृति पुलको डाइभर्सन बिहीबार राति ८ बजे बगाएको हो । सडक थुनिएपछि पूर्व–पश्चिमतर्फ लागेका सयौं गाडी कावासोती, गैंडाकोट र चितवनमा रोकिएका छन् । लगातारको झरीका कारण आएको बाढीले डाइभर्सन बगाएको हो ।
( कान्तिपुर दैनिक )
