Fast Nepal News

पहिरोले हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग अवरुद्ध

banner single news

मकवानपुर — ११ भाद्र २०७८

मकवानपुर, हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग पहिरोले अवरुद्ध बनेको छ । भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत देउराली नजिकै पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबारदेखिको अविरल वर्षापछि लेदो माटोसहितको पहिरो खस्दा भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।

Inside Article Ads
पहिरोका कारण कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारीसाधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले पहिरो पन्छाएर यातयात खुलाउने तयारी भइरहेको बताए ।यसै मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२, सिमखोलामा पनि पहिरो गएको छ । त्यहाँको पहिरो पन्छाउने काम भइरहेको प्रवक्ता रिमालले बताए । ‘वर्षा रोकिएसँगै पहिरो पन्छाइनेछ,’ उनले भने । यो मार्ग भएर साना सवारीसाधन हेटौंडा–काठमाडौं आउजाउ गर्छन् ।  
( कान्तिपुर दैनिक )
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.