Fast Nepal News

ताप्लेजुङमा पहिरोले स्कुल भत्कायो

banner single news

ताप्लेजुङ — ११ भाद्र २०७८

ताप्लेजुङ , आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनको सिंहदेवी आधारभूत विद्यालयमा पहिरोले क्षति पुर्‍याएको छ । माथिबाट झरेको ढिस्कोले विद्यालयको पर्खाल भत्काएको गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराईले जानकारी दिइन् ।उनका अनुसार पहिरोसँगै खसेका ढुंगा भवनभित्रै पसेका छन । ‘अहिले विद्यालय बन्द भएकाले समस्या छैन तर यो पन्छाएर माथि वाल नलगाएसम्म बालबालिका स्कुल पठाउने सम्भावना छैन,’ उनले भनिन् ।

मेची राजमार्ग खुल्यो

Inside Article Ads

शुक्रबार बिहानदेखि अवरुद्ध मेची राजमार्ग भने खुलेको छ । पाथीभरा याङवरक गाउँपालिका १ नाङखोल्याङको खोक्से छेउमा झरेको पहिरो एक्स्काभेटरले पन्छाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । वर्षामा अवरुद्ध भइरहने मेची राजमार्ग यस वर्ष पहिलोपटक रोकिएको हो ।

( कान्तिपुर दैनिक )

Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.