
लिड्स — १० भाद्र २०७८
लिड्स, इंग्ल्यान्ड भारतविरुद्धको तेस्रो टेस्टको पहिलो दिन बुधबार बलियो स्थितिमा कायम रहेको छ । दिनको खेल समाप्त हुँदा घरेलु टिमले ४२ रनको अग्रता लिएको छ । उसका दुवै प्रारम्भिक ब्याट्सम्यान क्रिजमै छन् । इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्स सुरु गर्दै विना विकेटको क्षति १ सय २० रन बनाएको छ ।उसका लागि रोरी बर्नस ५२ र हसिब हमिद ६० रन बनाएर खेलिरहेका छन् । यसअघि इंग्ल्यान्डका सफल बलर जेम्स एन्डरसनले माथिल्लो क्रमको भारतीय ब्याटिङ क्रमलाई तोडेपछि पाहुना टिम आफ्नो पहिलो इनिङ्समा ७८ रन बनाएर अलआउट भएको थियो । एन्डरसनले आठ ओभरमा छ रन मात्र खर्चेर तीन विकेट लिए । त्यसमा भारतीय कप्तान विराट कोहलीको विकेट पनि रह्यो ।
( कान्तिपुर दैनिक )
