Fast Nepal News

बेंसीसहरमा मृत चितुवा भेटियो

banner single news

लमजुङ — ९ भाद्र २०७८

लमजुङ, बेंसीसहर नगरपालिका–२ मनकामना नजिकै सडकमा मृत चितुवा भेटिएको छ । डुम्रे–बेंसीसहर सडकखण्डमा मंगलबार बिहान मृत चितुवा फेला परेको वन अधिकृत कृष्णप्रसाद अर्यालले बताए ।

‘करिब २ वर्ष उमेरको पोथी चितुवाको शरीरमा घाउ चोटपटक केही लागेको भेटिएन,’ अर्यालले भने  । सनाखतपछि चितुवालाई कार्यालय परिसरमै गाढिएको छ ।  

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.