Fast Nepal News

सनाखतको लागि प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता निर्वाचन आयोगमा [अपडेट]

banner single news

काठमाडौँ —  ९ भाद्र २०७८

काठमाडौँ, माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया बुधबार टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो । उनीहरु चन्द्रागिरि हिल्स रिसोर्टमा सोमबार बेलुकादेखि पार्टी भेला गरिरहेका थिए । बुधबार बिहान रिसोर्टबाट सोझै आयोग पुगेका हुन् । अहिले आयोगमा सनाखतको काम भइहरेको छ ।

सनाखतका लागि बुधबार बिहान ११:३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । त्यही अनुसार दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने भएकोले नेताहरु आयोग गएका हुन् ।प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका जीवनराम श्रेष्ठका अनुसार सनाखतको लागि तत्कालीन एमालेका ५४ जना केन्द्रीय सदस्य र ३४ जना संघीय सांसदहरु आयोग गएका छन् ।यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पार्टी दर्ता प्रक्रियाको लागि बोलाएको छ । ठाकुरका नेताहरु पनि निर्वाचन आयोग पुगेर सनाखत गरिरहेका छन् ।

Inside Article Ads

( कान्तिपुर दैनिक )

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.