Fast Nepal News

टिपरको ठक्करबाट वृद्धाको मृत्यु

banner single news

जनकपुरधाम –  ९ भाद्र २०७८ 

जनकपुरधाम, टिपरको ठक्करबाट धनुषामा एक वृद्धाको मृत्यु भएको छ। धनुषाको विदेह नगरपालिका तिनकौरिया बजार स्थित टिपर ब्याक गर्ने क्रममा पछाडिको भागबाट ठक्कर लागेर वृद्धाको मृत्यु भएको हो। दुहबीबाट जनकपुरधाम आउने क्रममा ना २ प ७३७ नम्बरको टिपरले बिदेह नगरपालिका वडा नं. ६ घर भएकी आन्दाजी ६० वर्षीया रामप्यारी मण्डललाई ठक्कर दिंदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार राति करिब ९ बजेको समयमा टिपर ब्याक गर्ने क्रममा धक्का लागि टिपर मण्डलको शरीरमा चढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको टोलीले शवको मुचुलका उठाइ पोष्टमार्टमका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Inside Article Ads

 ( अन्नपुर्न  पोस्ट दैनिक  )

Visited 33 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.