Fast Nepal News

आज रातिदेखि मनसुन थप सक्रिय हुने

banner single news

काठमाडौं –  ९ भाद्र २०७८

 काठमाडौं, रतिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक-दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ । विभागकाअनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा-झरीको सम्भावना रहेको छ ।

प्रदेश नं १, २, वाग्मती, गण्डकी र  लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका  साथै प्रदेश नं १, २ वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

Inside Article Ads

( अन्नपुर्न  पोस्ट दैनिक  )

Visited 47 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.