
काठमाडौँ — ८ भाद्र २०७८
काठमाडौँ, प्रदेश सरकारले कानुनविपरीत कर्मचारीलाई ग्रेड थप गरी २ करोड ३६ लाख ३१ हजार रुपैयाँ भुक्तानी दिएको छ । प्रदेशसभा सचिवालयका १७ कर्मचारीलाई कानुनविपरीत ग्रेड थप गरी ११ लाख ५२ हजार, प्रदेश लोक सेवा आयोगका ३ कर्मचारीलाई १ लाख ६५ हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका २० जनालाई ८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिएका छन् । यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीहरूलाई ५ लाख ८१ हजार, प्रदेश लेखा नियन्त्रक कार्यालयका १४ जना कर्मचारीलाई ७ लाख ७९ हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका ९ वटा कार्यालयका कर्मचारीलाई कानुनविपरीत ग्रेड थप गरी ७२ लाख २४ हजार रुपैयाँ भुक्तानी दिएका हुन् ।
(कान्तिपुर दैनिक)
