Fast Nepal News

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

banner single news

विराटनगर —  ७ भाद्र २०७८

विराटनगर, प्रदेश १ का तीन जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका ५ गलेनीमा मोटरसाइकलको ठक्करले स्थानीय ८० वर्षीय रामबहादुर श्रेष्ठको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।ठक्करले सिकिस्त घाइते भएका उनको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

खोटाङको केपिलासगढी–५ मा ना५त ६६०१ नम्बर ट्याक्टर दुर्घटना हुँदा २३ वर्षीय दिनेश राईको मृत्यु भएको छ। यस्तै सोलुखुम्बुको माप्यदुधकोसी गाउँपालिका–५ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा स्थानीय ३० वर्षीय सुमन राईको ज्यान गएको प्रहरीले जनाएको छ ।उदयपुरको त्रियुगा–३ मा बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किँदा स्थानीय ३२ वर्षीय शान्तिराम राईको मृत्यु भएको छ ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.