
काठमाडौँ — ७ भाद्र २०७८
काठमाडौँ, पार्टी एकताका लागि भन्दै एमालेको ‘तेस्रो धार’का नेताहरु सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलका लागि पुगेका छन् । नयाँ राजनीतिक दल गठनका लागि औपचारिक प्रक्रिया सुरु गरेपछि माधवकुमार नेपालबाट अलग्गिएर छुट्टै समूह गठन गरेका नेताहरू र अध्यक्ष ओलीबीच बालकोटमा छलफल सुरु भएको हो ।उपाध्यक्ष भीम रावल, उप महासचिव घनश्याभ भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त छलफलका लागि ओली निवास पुगेका हुन् । छलफलमा सहभागी नेताहरु पार्टी विवादमा समाधानका लागि गठन गरिएको कार्यदलका सदस्य रहेका छन् । उनीहरुले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग छ ।
(कान्तिपुर दैनिक)
