Fast Nepal News

इन्टरको प्रभावशाली सुरुआत

banner single news

मिलान — ६ भाद्र २०७८

मिलान , डिफेन्डिङ च्याम्पियन इन्टर मिलानले शनिबार इटालीको सिरी ‘ए’ मा उपाधिरक्षाको अभियान प्रभावशाली जितसँगै थालनी गरेको छ । उसले सानसिरोमा भएको खेलमा जेनोआलाई सजिलै ४–० ले हरायो ।समस्याग्रस्त सिजनबाट गुज्रिरहेको सिमोनी इन्जाघीको इन्टरका लागि सुरुआती १३ मिनेटमा मिलान स्क्रिनर र हकन चालहनोग्लुको एक–एक गोल गरे ।

दोस्रो हाफमा आरटुरो भिडाल र एडिन जेकोले एक–एक गोल थपे ।इन्टरको खेल हेर्न सानसिरोमा कोरोना भाइरस संक्रमणको महामारीयता पहिलोपल्ट २७ हजार दर्शक फर्केका थिए । शनिबारकै अन्य खेलमा एटलान्टाले टुरिनोलाई २–१, लाजियोले इम्पोलीलाई ३–१ र ससुलोले भेरोनालाई ३–२ ले हराए ।  

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.