Fast Nepal News

एमालेको ‘तेस्रो धार’ ले पार्टी एकताको धारणा सार्वजनिक गर्दै

banner single news

काठमाडौँ — ४ भाद्र २०७८

एमालेको एकता बचाउन भन्दै बनेको तेस्रो समूहले आज विवाद समाधानको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । सो समूहको धारणा निर्माण गर्नका लागि केन्द्रीय सदस्य तथा सांसदहरूको बैठक महाराजगञ्जमा बस्दैछ ।पार्टीभित्रको आन्तरिक बिबादमा माधवकुमार नेपाललाई साथ दिँदै आएका तर नयाँ दल निर्माणमा सहभागी नभएका उनीहरूले आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।सो समूहका ९ जना स्थायी कमिटीको सदस्यहरूको बिहीबार बैठक बसेर एकताबारे धारणा सार्वजनिक गरेको थियो ।

‘एमालेको एकता बचाउने प्रयास हो । हिजो स्थायी कमिटीका नेताहरूले बसेर एक प्रकारको धारणा बनाउनु भएको छ । त्यसलाई आज केन्द्रीय सदस्य तथा सांसदहरुबीच छलफल गरेर वक्तव्यमार्फत सार्वजनिक गर्ने छौं,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।बिहीबार मात्रै स्थायी कमिटीका नौ जना सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गर्दै माधवकुमार नेपालसहितका १४ सांसदमाथि गरिएको कारवाही फिर्ता लिनका लागि अध्यक्ष ओलीलाई र नयाँ पार्टी गठनको प्रक्रिया रोक्नका लागि माधवकुमार नेपाललाई आग्रह गरेका थिए ।

Inside Article Ads
यसरी विज्ञप्ति जारी गर्नेमा उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उप-महासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए ।सो समूहको छलफलमा ४० जनाभन्दा बढीको केन्द्रीय सदस्य तथा सांसदहरूको सहभागीता रहने गैरेले बताए । एमालेभित्र आन्तरिक बिबाद उत्कर्षमा पुगेपछि पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमाले समाजवादी नामको नयाँ दल खोल्ने प्रक्रियामा सुरु गरेका छन् ।ओलीले नेपालसहित १४ सांसदमाथि कारवाहीका लागि संसद सचिवालयमा निवेदन दर्ता गरेका छन् । 

(कान्तिपुर दैनिक)

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.