
काठमाडौँ — ४ भाद्र २०७८
काठमाडौँ, माधव नेपाललाई साथ नदिएका एकथरी नेताहरूले पार्टी एकताका लागि दबाब बढाइरहेको बेला ओली निकट नेताहरू भने जसरी पनि सांसदबाट कारवाही गराउन सक्रिय भएका छन् । ओली निकट नेताहरू दिनहुँ सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर माधव नेपाललगायत यसअघि पार्टीले हटाएका १४ जना सांसदलाई पदमुक्त गर्न दबाब दिइरहेका छन् । बिहीबार मुख्य सचेतक विशाल भट्टराई लगायतका नेताहरूले सभामुख सापकोटालाई भेटेका थिए । शुक्रबार सचेतक शान्ता चौधरी, पूर्वमन्त्रीहरू खगराज अधिकारी, गोकुल बाँस्कोटा, लालबाबु पण्डित लगायतका नेताहरू सभामुखको कार्यकक्षमा पुगेका छन् ।
(कान्तिपुर दैनिक)
